विदेश

ट्रम्पद्वारा भारतको प्रशंसा, पाकिस्तानको आलोचना

ट्रम्पद्वारा भारतको प्रशंसा, पाकिस्तानको आलोचना

नले १६ बर्ष देखि अफगानस्तानमा जारी द्वन्द्वलाई जित्ने रणनीति पनि सार्वजनिक गरेका थिए काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियाली दुई मुलक भारत र पाकिस्तानबारे टिप्पणी गरेका छन् ।

सैन्य समुहलाई सम्बोधन गर्दै ट्रम्पले अर्को दक्षिण एसियाली देश अफगानस्तानको स्थायित्वका लागि भारतले राम्रो भूमिका खेलेको भन्दै प्रसंसा गरे भने पाकिस्तानले आतंवादीलाई ‘सुरक्षित स्वर्ग’ प्रदान गरेको भन्दै आलोचना गरे ।

उनले पास्कितानसँग गर्ने व्यवहारबारे अमेरिकाले आफ्नो धारणा परिर्वतन गर्न आवश्क भएको उल्लेख गरे । ‘पाकिस्तानले आतंकवादी समुहलाई सुरक्षित स्वर्ग प्रदान गरेका बारे हामी चुप रहन सक्दैनौं’, उनले भने ।

अफगानस्तानमा स्थायित्वका लागि योगदान गरेको भन्दै भारतको प्रसंसा गरे । उलने भने, ‘हामी अफगानस्तानबारे भारतलाई अझै सहयोग गछौं ।’ उनले १६ बर्ष देखि अफगानस्तानमा जारी द्वन्द्वलाई जित्ने रणनीति पनि सार्वजनिक गरेका थिए ।

विशेष