ट्र्याक्टरले किचेर बाढीपीडितको मृत्यु

खजुरा, बाँके । बाँके जिल्लामा सडकको छेउमा सुतिरहेको अवस्थामा एकजना बाढीपीडितको ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।
जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान ट्र्याक्टरले किचेको प्रहरीले जनाएको छ ।
घाइते मुराउको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नंको ट्र्याक्टरले किचेको थियो ।
Death