जापानले आपत्कालीन सहायता प्रदान गर्ने

काठमाडौँ । जापानले हालै तराईका विभिन्न ठाउँमा गएको बाढी र डुबान पीडितको सहयोगस्वरुप नेपाल सरकारलाई आपत्कालीन सहायता सामग्री उपलब्ध गराउने भएको छ ।
नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल, कम्बल, डसना, पानी ट्यांकीलगायत सामग्री उपलब्ध गराउन लागेको यहाँस्थित जापानी राजदूवासले जनाएको छ । आपत्कालीन सहायता सामग्री जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत उपलब्ध हुनेछ ।
उक्त दूतावासका अनुसार राहत सामग्री त्रिभुवन विमानस्थलमा आइपुग्नासाथ नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । रासस
Japan help nepal