News

कोटेश्वर बहुमुखी क्याम्पस स्ववियुद्वारा ४० हजार रकम हस्तान्तरण

कोटेश्वर बहुमुखी क्याम्पस स्ववियुद्वारा ४० हजार रकम हस्तान्तरण

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु टिम तथा स्वतन्त्र सहभागीतबाट उठेको रकम रु ४०,००० र लत्ता कपडा धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिएको छ ।

आफूहरुले उठाएको रकम र लत्ताकपडा तराईका बाढीपहिरो प्रभावित ठाउँहरुमा सहि संस्थामार्फत पुर्याउन फाउण्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई उक्त रकम तथा लत्ता कपडा हस्तान्तरण गरेको स्ववियुका अध्यक्ष माधव अधिकारीले बताए ।

उक्त फाउण्डेसनमार्फत उठेको रकम निश्चित रुपमा पीडितमाझ पुग्नेमा आफूहरु ढुक्क भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

विशेष