News

एमाले सांसदहरुको एक महिनाको तलब राहत कोषमा

एमाले सांसदहरुको एक महिनाको तलब राहत कोषमा

काठमाडौँ । नेकपा (एमाले)ले आफ्ना सांसदहरुको एक महिनाको तलब बराबरको चेक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा भेट गरी एमालेका सांसदहरुका तर्फबाट संकलन भएको रु ९९ लाख ७८ हजार ३९० को चेक हस्तान्तरण गरेका हुन् । तराई मधेसका बाढीपीडितका लागि सहयोग गर्न सो रकम हस्तान्तरण गरिएको एमालेले जनाएको छ । 

सो अवसरमा प्रधानमन्त्री देउवाले रकम हस्तान्तरण गरेकामा एमालेलाई धन्यवाद दिए । भेटमा बाढीपहिरो पीडितको राहत र पुनः स्थापनाको कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको एमालेले जनाएको छ । 

Sher Bahadur Deuba KP Sharma Oli UML flood victim donation

विशेष