News

पत्रकार महासंघको नयाँ नेतृत्वमा गोविन्द आचार्यको प्यानल निर्वाचित

आचार्यको ७३२, तीर्थ कोइरालाको ६२७ मत

पत्रकार महासंघको नयाँ नेतृत्वमा गोविन्द आचार्यको प्यानल निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई झण्डै एक सय मत अन्तरले हराएका छन् ।


खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् ।

विशेष