विदेश

शौचालय नबनाउने श्रीमानसँग सम्बन्ध विच्छेद !

शौचालय नबनाउने श्रीमानसँग सम्बन्ध विच्छेद !

काठमाडोैं । एक भारतीय महिलालाई अदालतले आफ्नो पतिसँग सम्बन्ध विच्छेद गर्ने अनुमति दिएको छ । उनले पतिले घरमा शौचालय नबनाएको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् ।

५ वर्ष अघि विवाह गरेकी ति महिला हरेक दिनजसो घर नजिकैको खुला ठाउँमा दिसा पिसाब गर्न जाने गर्थिन् । भारतीय कानुनले महिलालाई घरेलु हिंसा र हिंस्रक व्यवहार गरिएमा सम्बन्ध विच्छेद गर्ने अधिकार दिएको छ । अदालतका न्यायाधीशले खुला ठाउँमा शौच गराउनुलाई पनि हिंसाको एक प्रकार भनी व्याख्या गरेका छन् ।

भारतको राजस्थानको अदालतले यस्तो आदेश दिएको हो । अदालतले महिलाहरुले खुला ठाउँमा शौच गर्नको लागि रातिसम्म कुर्नुपर्ने बाध्यता भएको बताएको छ ।
हामी खैनी, रक्सी र मोबाइल फोनको प्रयोगको लागि पैसा खर्च गर्छौ तर आफ्नो परिवारको ईज्जत बचाउन शौचालय बनाउदैनौं ।’

‘धेरै गाउँहरुमा घरमा शौचालय नभएका कारण महिलाहरुले शौच गर्न रातको समय कुर्नुपर्छ । यो पनि शारीरिक हिंसाको एक प्रकार हो ।’ भारतीय सञ्चार माध्यमका अनुसार ती महिलाले दुई वर्ष अघि सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेकी थिइन् ।

भारतमा खुला ठाउँमा दिसा पिसाब गर्नुलाई सामान्य मानिन्छ । सरकारले सन् २०१९ सम्ममा सबै घरमा शौचालय बनाउने लक्ष्य लिएको भए पनि यसले धेरै अप्ठ्यारो परिस्थिति व्यहोर्नु परेको छ ।

गत वर्ष यूनिसेफले गरेको आँकलनअनुसार भारतमा आधा जनसंख्याले शौचालय प्रयोग गर्दैनन् ।

 

विशेष