News

फेरि गयो भूकम्प

फेरि गयो भूकम्प


काठमाडौं । बझाङलाई केन्द्र विन्दु बनाएर एकाबिहानै भूकम्प गएको छ । विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले जानकारी दिए । भूकम्पले क्षति भए नभएको बारे जानकारी आइसकेको छैन ।

यसअघि हिजो मात्रै दोलखालाई केन्द्रविन्दू बनाएर भूकम्प गएको थियो भने भूकम्पको झड्का काठमाडौंमा पनि महसुस भएको थियो ।

विशेष