विदेश

यसरी नांगो आँखाले हेरे राष्ट्रपति ट्रम्पले सुर्य ग्रहण

यसरी नांगो आँखाले हेरे राष्ट्रपति ट्रम्पले सुर्य ग्रहण

काठमाडौं । अमेरिकाबाट ९९ वर्षपछि अदभूत सूर्यग्रहण देखिएको छ । हजारौंले डेढघन्टासम्म देखिएको सूर्यग्रहणलाई हेरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसको बार्दलीबाट सूर्यग्रहण हेरेका छन् ।

सन् १९१८ पछि पहिलोपटक सूर्य ग्रहण प्रशान्त तथा आन्ध्र महासागर क्षेत्रबाट देखिएको बताइएको छ । यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा हुने गर्छ जसका कारण केही समयका लागि एउटा विशेष क्षेत्रमा अँध्यारो हुन पुग्छ ।

यो अद्भुत खगोलीय घटना हेर्नका निम्ति हजारौं मानिसहरू पार्कहरू र आकाशीय पिण्डहरूको अवलोकन गर्ने विशेष स्थानहरूमा जम्मा भएका थिए ।

यसअघि सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा पूर्ण सूर्य ग्रहण हेर्न पाइएको थियो ।

विशेष