News

संशोधनले जनताबीच झैझगडा हुने भएकाले असफल गराएकोः उपाध्यक्ष गौतम

संशोधनले जनताबीच झैझगडा हुने भएकाले असफल गराएकोः उपाध्यक्ष गौतम

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले पहाड र तराईका जनताबीच विद्वेष फैलाउने भएकाले संविधान संशोधन प्रस्ताव असफल गराएको बताएका छन् ।

एमाले निकट बुद्धिजीवी परिषद्द्वारा बुधबार यहाँ ‘समसामयिक राष्ट्रिय राजनीतिक र एमालेको भूमिका’ विषयको गोष्ठीमा उनले संविधान संशोधनले जनताबीच झैझगडा हुने भएकाले फेल गराएको बताए ।

“संशोधन प्रस्तावले तराईलाई मात्र प्रदेश बनाउने र जनताका अधिकार कटौती गर्ने थियो”–उनले भने, “स्थानीय तह र प्रदेशको अधिकार खोस्ने भएकाले हामीले नै संशोधन प्रस्ताव फेल गराएका हौँ ।”

उनले तीन तहको निर्वाचन माघ ७ गते गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आवश्यक रहेको भन्दै त्यसका लागि एमालेले जोड दिइरहेको बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य टंक कार्कीले भारतले नेपालको स्वतन्त्रतामाथि सधैँ प्रश्न उठाउने भएकाले भारतसँग सधैँ सचेत हुनुपर्ने बताए । सांसद प्रा डा गणेशमान गुरुङ, एमाले बुद्धिजीवी परिषद्का अध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले एमालेका कारण संविधान आएकाले नेपाली जनताका अधिकारलाई खोस्ने प्रयास गरेपनि संविधानबाटै बचाउनुपर्ने बताए ।

विशेष