News

पर्वकै मितिमा परीक्षा नराख्न मुस्लिम समुदायको आग्रह

पर्वकै मितिमा परीक्षा नराख्न मुस्लिम समुदायको आग्रह

काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान, महान पर्व ईद (इदुल फितर) र बकर ईद (इदुल अजहा)कै दिनमा लगातार चार वर्ष देखि टियुले स्नातक तहको परीक्षा उक्त मितिमा पार्दै आएको छ । त्यसैगरि यस वर्ष टियुले स्नातक तहको पहिलो वर्षको परीक्षा मुस्लिम समुदायको चार दिनसम्म मनाइने दोस्रो महान चाड बकरईदको पहिलो, दोस्रो र तेस्रो मितिमा पारेको छ ।

बाढीपहिरोको कारण सारीएको परीक्षा यहि २०७४।०५।११ गतेबाट सुरु हुन गैरहेको छ । जसमा मिति १७, १८ र १९ गते मुस्लिम समुदायका महान पर्व पर्न गएकोले विद्यार्थीहरु चिन्तित छन् । मुस्लिम समुदायका केहि विद्यार्थीहरुले, हर्षोल्लासका साथ पर्व मनाउने की परीक्षा कोठामा बसेर परीक्षा दिने भनि गुनासो पोख्दै थिए । उनीहरुले भने, धेरै जसो परीक्षार्थीहरु बाहिर जिल्लाबाट छन् । टियुले पर्वको बेला परीक्षा मिति राखेकोले हामी अन्योलमा परेका छौ ।

सम्पूर्ण विद्यार्थी वर्ग, विद्यार्थीका हक हितमा रहि काम गर्ने सघंसंस्था, मुस्लिमहरुको संघसंस्थाको साथै मुस्लिम समाजका अगुवा, नेता वर्ग तथा विभिन्न सरोकार वाला निकाय संग आ–आफ्नो ठाउँबाट यस वर्ष बकर ईदको दिन परेको परीक्षाको मिति सारी दिन आग्रह गरेका छन् । साथै आगामी दिनहरुमा मुस्लिम वा अन्य कुनै पनि धर्मावलम्वी वा समुदायको चाड पर्व पर्ने गरि कुनै किसिमको परीक्षा सञ्चालन नगर्न सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

 

विशेष