News

पूर्वयुवराज्ञी हिमानी एक ट्रक राहत लिएर पुग्दैछिन् बाढीपीडित भेट्न

पूर्वयुवराज्ञी हिमानी एक ट्रक राहत लिएर पुग्दैछिन् बाढीपीडित भेट्न

काठमाडौं । पूर्वयुवराज्ञी हिमाली आज बुधबार बाढी पीडितलाई राहत वितरण गर्ने काममा बासा, पर्सा, जाने भएकी छन् । बैंककमा उपचाररत ससुर तथा पूर्वराजा ज्ञानेन्द्र र सासू कोमलको हेरचाह गर्दै रहेकी उनी ११ गते फेरि उतै फर्किन छिन् ।

 

आज बिहान हेलिकोप्टर रिजर्भ गरेर हिमानीसहित सात जनताको टोली पर्सको पोखरिया, बाराको पर्सौनी र भौलही पुग्ने भएको हो । उनी आफै अधयक्ष रहेको हिमानी ट्रस्टका तर्फबाट राहत सामग्री वितरण गर्न लागिएको छ । त्यहाँ हालैको बाढीले बस्ती डुबानमा परेको छ । तर, त्यहाँको डुबान पूर्वी तराईमा जत्तिको भयावह छैन । उनले त्यहाँका २५० बाढी पीडितका लागि एक महिनालाई पुग्ने गरी दाल, चामल, नुन, चिउरा, तेल र पानी शुद्ध पार्ने फिल्टर वितरण गर्ने योजना बनाएकी छन् । सामानहरु चाहिँ हिजो साँझै ट्रकमा लोड गरेर काठमाडौंबाट हिँडाइएको छ । हिमानीसँगै आज हेलिकोप्टरमा स्वकीय सचिव स्मिता सिंह, ट्रस्टकी सचिव श्री मल्ल, कानुनी सल्लाहकार अनिता कसी, सहयोगीहरु अतिदी सिंह र हेमन्त दाहाल जाँदै छन् ।

जनआस्था साप्ताहिकबाट

विशेष