विदेश

ट्रम्पलाई मलेसियाका प्रधानमन्त्रीले भेट्ने

ट्रम्पलाई मलेसियाका प्रधानमन्त्रीले भेट्ने

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिना मलेसियाका प्रधानमन्त्री नजिब रजाकलाई भेट्नुहुने भएका छन् । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबार दिएको जानकारीअनुसार उनीहरुका बीचमा ह्वाइट हाउस मै भेटबार्ता गर्ने कार्यक्रम तय भएको हो । आउदो सेक्टेम्बर १२ तारिखका दिन हुने भेटवार्तामा दुई पक्षीय सम्बन्धलाई थप मजबुद र फराकिलो बनाउने बारेमा छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ । 

साझा क्षेत्रीय विषयमा सहकार्य गर्ने विषयमा पनि उनीहरुले गम्भीरतापूर्बक छलफल गरिने ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  

America Trump

विशेष