विदेश

पानी जहाज डुबेर ब्राजिलमा १९ जनाको मृत्यु

पानी जहाज डुबेर ब्राजिलमा १९ जनाको मृत्यु

ब्रासिलिया । ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । 

झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य कैयाैँ हराइरहेको स्थानीय सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा मङ्गलबार बेलुकादेखि बुधबारसम्म पानीजहाज डुबेको थियो । 

स्थानीय पत्रिका फोल्हा डे एस पाउलोले सोमबार बुलेका सान्तारेमबाट भिटोरिआ डे छिङगु तर्फ गएको डुङ्गा दुर्घटना भएको समाचार लेखेको छ । पछिल्लो विवरण अनुसार १९ जनाको शव उद्धारकर्ताले फेला पारेका छन् भने झन्डै तीस जना अझै बेपत्ता भएका छन् । 

पानी जहाज डुब्नुको कारण अहिले अहिलेसम्म पत्ता लाग्न नसकेको ती अधिकारीले बताएका छन् । अमेजन नदिका विभिन्न ठाउँमा बेलाबेलामा अत्याधिक यात्रु बोकेकोले यस्ता दुर्घटना हुने गरेको जनाएको छ । यस क्षेत्रमा यात्राका लागि जलमार्ग धेरै प्रयोग गर्ने गरिन्छ । 

brazil

विशेष