News

पहिरोबाट अठचालिस रोपनी धानखेत पुरियो

पहिरोबाट अठचालिस रोपनी धानखेत पुरियो

रसुवा । गत साउन २२ गतेको वर्षासँगै आएको पहिरोबाट ४८ रोपनी धानखेत पुरिएको छ । पहिरोबाट घरमा राखिएको नौ टन मकै र छ टन धान क्षति भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाइँले जानकारी दिए ।

सोही दिनको पहिरोले १५ घर पुरिनुका साथै उत्तरगया गाउँपालिका–४ पहिरेवेसी क्षेत्रको बेते गौँडा सिँचाइ कुलोमा क्षति पुगेको छ । सो कुलो पुनःसञ्चालनका लागि सरोकारवाला निकायसँग समन्वय गरिएको हुमागाइँले बताए ।

सो क्षेत्रका २६ चौपाया र ९६ पक्षी मरेपछि रु ३० लाख बराबरको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका प्राविधिक प्रेम डाँगीले बताए ।

विशेष