News

दल मान्यताको आधिकारिकपत्र संसद् सचिवालयमा दर्ता

दल मान्यताको आधिकारिकपत्र संसद् सचिवालयमा दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले निर्वाचन आयोगले नयाँ दलका रुपमा मान्यता दिएको आधिकारिकपत्र बिहिबार व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ ।

संविधान सशोधन र सरकारमा सामेल हुने वा नहुने भन्ने विषयमा तीव्र मतभेद भएपछि राप्रपा विभाजन हुँदा उक्त दलको जन्म भएको हो । राप्रपाका कूल ३७ सांसदमध्ये नवगठित दलका पक्षमा १८ सांसद उभिएका छन् ।

नवगठित दलका नेता किरण गिरीका अनुसार सांसद दीपक बोहरा, विक्रम पाण्डे, सुनिलबहादुर थापा, रामकुमार सुब्बा, रेशम लामा, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा, रमेशकुमार लामा, सइन्द्र वान्तवा, गीता सिंह, बबिताकुमारी मोक्तान, धानु महरा, गीता लुइँटेल, इस्तियाद अहमद खाँ, आनन्दी पन्त, सरोज शर्मा, कमलादेवी शर्मा र विराज विष्ट उक्त पार्टीका सांसद हुन । अझै केही सांसद आफ्नो पार्टीको पक्षमा आउने जिकिर उनले गरे ।

विशेष