News

मोटरसाइकल ठोक्किँदा ४ जनाको मृत्यु

मोटरसाइकल ठोक्किँदा ४ जनाको मृत्यु

रूपन्देही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको देवदहमा बिहीबार दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ ।
लु२३प १०२८ र लु३३प ७०८३ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक रूपन्देहीको सैनामैना नगरपालिका पर्राेहा बस्ने २१ वर्षीय खेमराज थापा र नवलपरासीको रामग्राम बस्ने २५ वर्षका सुरज चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बस्ने बुटवल उपमहानगरपालिका–१६ का सुरज कुँवर र नवलपरासी सुनवल–२ बस्ने दिवाकर यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते दुवैलाई देवदह मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । दुवै मोटरसाइकल तीव्र गतिमा रहेकाले ठोक्किँदा सडकबाट परसम्म उछिट्टिएको थियो । दुर्घटनामा परी दुवै मोटरसाइकल क्षतविक्षत भएको छ ।

विशेष