News

राज्यमन्त्री थपिएपछि गाडीको जोहो गर्न धौ धौ

राज्यमन्त्री थपिएपछि गाडीको जोहो गर्न धौ धौ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् ।

साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष बनाइँदा सहसचिवहरु उपसचिव तथा अधिकृतका कोठामा बस्न बाध्य छन् ।

मंगलबार शपथ ग्रहणपछि मन्त्रालय पुगेका राज्यमन्त्रीहरुलाई गाडीको जोहो कसरी गर्ने भन्नेमै सचिव–सहसचिवहरुको दौडधुप देखिन्थ्यो । बस्ने ठाउँ अभाव त छँदैछ ।

राज्यमन्त्री थपिएपछि राज्यमन्त्रीका लागि गाडीको माग गर्दै दैनिक गृह मन्त्रालयमा दर्जनौं फोन आउने गरेको छ । गृह मन्त्रालयअन्तर्गतको सवारी शाखाका उपसचिव सुरेन्द्र पौडेलले राज्यमन्त्रीका लागि गाडीको जोहो गर्न माग गर्दै कयौं फोन आउने गरेको बताए ।

अन्नपूर्ण

विशेष