News मुख्य समाचार

दोक्लाममा भारतले खटायो गोर्खा सैनिक

दोक्लाममा भारतले खटायो गोर्खा सैनिक

काठमाडौं । भुटान र चीनबीच सीमा विवाद रहेको र हाल भारतीय सेना पुगेको विवादित दोक्लाम क्षेत्रमा भारतले गोर्खा सैनिक खटाएको छ ।

उत्तरपूर्वी मेघालय राज्यको सिलोङमा रहेको ८ गोर्खा राइफल्सको हेडक्वाटरबाट भारतले सैनिक परिचालन गरेको हो । अहिले त्यहाँको चौथो बटालियनका ६० जना सैनिक चीन–भुटान सीमा क्षेत्रमा परिचालित छन् ।

‘फौज अदलीबदलीका क्रममा गोर्खा राइफल्स अन्तर्गत चार बटालियनको फौज त्यहाँ पठाइएको हो,’ भारतीय गोर्खा रेजिमेन्टका पूर्व कमाण्डर रहेका पूर्व मेजर जनरल अशोक मेहताले भने, ‘नेपालले तटस्थता कसरी कायम गर्छ भन्नेमा म हेरिरहेको छु ।’

पाकिस्तानसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र कास्मिर तथा बर्मा, बंगलादेश र चीनसँगको सीमावर्ती क्षेत्रमा भारतीय सेनामा नेपालीहरु परिचालित छन् ।

–नयाँ पत्रिका

विशेष