News

विवेकशील साझा पार्टीद्वारा तीर्थ खनियाको राजीनामा माग

विवेकशील साझा पार्टीद्वारा तीर्थ खनियाको राजीनामा माग


काठमाडौं । काठमाडौंको नेशनल मेडिकल कलेजको सम्बन्धन खारेजीको माग गर्दै विवेकशील साझा पार्टीले बुधबार सिंहदरवार अगाडि विरोध प्रदर्शन गरेको छ ।

सो पार्टीले मेडिकल कलेजलाई अवैध सम्बन्धन दिएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गरे । डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको उल्लंघन गर्दै उपकुलपति खनियाँले झुटो प्रतिवेदन बनाएर पूर्वाधारविहीन नेशनल कलेजलाई सम्बन्धन दिएको सो पार्टीको दावी छ ।

सम्बन्धन तत्कालै खारेज गरी माथेमा आयोगको प्रतिवेदन अनुरुप चिकित्सा शिक्षा ऐन पास गरेर मात्र सम्बन्धनको काम अगाडि बढाउनु पर्ने साझा पार्टीको भनाई छ ।

विशेष