मिस एयर होस्टेसका लागि छानिए ५१ युवती

मिस एयर होस्टेसका लागि छानिए ५१ युवती

काठमाडौं । सिजन मिडियाको आयोजनामा संचालन हुने मिस एयर होस्टेस प्रतियोगिताको चौथो सस्ंकरणको छनौट प्रक्रिया वाट ५१ जना युवतीहरु फाइनल प्रतिस्पर्धाका लागि चयन भएका छन् ।

मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी तालिम लिइ वसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सो सरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका ६ दर्जन भन्दा बढी युवतीहरुले यस प्रतियोगीताको लागि आवेदन दिएका थिए ।

सो छनौट प्रक्रियामा नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी, क्यानका ट्रमिनल म्यानेजर सुनीता भारद्धाज , सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मीता खनाल, हिमालयन एयरलाइसका इन्जीनियर रन्जीत जैसवाल र अफिसियल कोरीयोग्राफर रोजीन साक्य निर्णायकका रुमपा रहेका थिए ।

अडिसन चरणबाट चयन भएकाहरुलाई व्यक्तित्व विकास, हस्पीटालीटीका साथै स्टेज प्रस्तुतिकरण सम्बन्धी ग्रुमिङ गराइने आयोजन पक्षले उल्लेख गरेको छ । प्रतियोगीताको फाईनल अडिसन भदौ अन्तिम साता हुने आयोजकले जनाएको छ ।

 

संम्बधित खबर

विशेष