News

१६० बाढीपीडित परिवारलाई खाद्यान्न उपलब्ध

१६० बाढीपीडित परिवारलाई खाद्यान्न उपलब्ध

कलैया । शुक्रबार कलैया उप महानगरपालिकाको वडा न १४ स्तिथ भवरा टोलमा नेबिसङ केन्द्रिय समिती तथा जिल्ला कार्य समिति बाराद्वारा १६० बाढीपीडित परिवारलाई खाद्यान्न उपलब्ध गराइएको छ । प्रती परिवारलाई पाच किलो चामल, १ किलो दाल, १ लिटर खाने तेल र १ किलो नुन बितरण गरियो ।

नेबिसङका केन्द्रिय सह महामन्त्री राजेश रौनियारको प्रमुख आतिथ्य र केन्द्रिय सदस्य उमेश थापा मगरको संयोजनमा उक्त राहत कार्यक्रम गरिएको हो ।
उक्त राहत बितरण कार्यक्रमको अवसरमा नेबिसङ बाराका जिल्ला अध्यक्ष राकेश पान्डे, विद्यार्थी नेताहरु जितेन्द्र यादव, अफतर हुसेन, प्रबिन पटेल, पत्रकार बिनय राज शर्मा र काङ्ग्रेसका अ्म्बिका ठाकुरलगायत उपस्थिति रहेको थियो ।

नेबिसङले बाढीपीडितका लागि जती सक्दो सहयोग उपलब्ध गराउने र यसको लागि सरकारले तुरुन्त राहत तथा पुनर्वासको काम गर्नु पर्ने माग सह महामन्त्री राजेश रौनियारले भने ।

 

विशेष