विदेश

ब्राजिलको डुंगा दुर्घटनामा ४१ जनाको मृत्यु

ब्राजिलको डुंगा दुर्घटनामा ४१ जनाको मृत्यु

रियो दि जेनेरियो । ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।

उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिंगुु नदीमा भएको डुंगा दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

तर, ब्राजिलको नौसेनाले एएफपीलाई दिएको जानकारीअनुसार बाहिया राज्यमा एक डुंगा दुर्घटना भएको अर्को एक दुर्घटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

विशेष