विदेश

ट्रम्पले दिए सरकार भंग गर्ने चेतावनी

ट्रम्पले दिए सरकार भंग गर्ने चेतावनी

एरिजोना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी सरकार भंग गर्नसक्ने चेतावनी दिएका छन्।एरिजोनाको फिनिक्समा ‘मेक अमेरिका ग्रेट अगेनु र्‍यालीमा राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्दै भने, डेमोक्र्याटिक सांसदहरूले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनामा बाधा पुर्‍याउँदै आएका छन् । उक्त पर्खाल लगाउने विषय ट्रम्पको चुनावी घोषणाको एक महत्वपूर्ण विषय हो । आफूले अमेरिकालाई जहिले पनि महान् बनाउने सोच राखेको उनको भनाइ थियो ।

उनले भने, ‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिहरूमाथि रोक लगाउनुपर्ने बेला आइसकेको छ । यो पर्खाल लगाउन कसैले बाधा पुर्‍याउँछ भने सरकार भंग गर्न परे पनि तयार छ, जसरी भए पनि पर्खाल बनाउँछु ।

अवैध आप्रवासीलाई रोक्न ट्रम्पले पर्खाल बनाउन आदेश दिएका थिए । उक्त पर्खाल बनाउन करिब २७ खर्ब २२ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।
डेमोक्र्याटिक सांसदहरूले यो पर्खाल बनाए अमेरिकी अर्थव्यवस्था प्रभावित हुने बताउँदै आएका छन् । उक्त खर्च अमेरिकाले व्यहोर्न सम्भव नभएको उनीहरूको भनाइ छ। सिमानामा पर्खाल लगाउने कुराले मेक्सिको र अमेरिकाबीचको सम्बन्धमा कटुता उत्पन्न भएको छ ।

विशेष