News

हेल्पिङ् एण्ड वर्किङ् आम्र्सद्वारा मोरङका बाढी पीडितलाई राहतवितरण

हेल्पिङ् एण्ड वर्किङ् आम्र्सद्वारा मोरङका बाढी पीडितलाई राहतवितरण

मोरङ । मोरङका बाढी पिडितहरुलाई “हेल्पिङ् एण्ड वर्किङ् आम्र्स” नामक संस्थाले राहतवितरण गरेको छ ।

संस्थाले मोरङको हात्तिवन्दातिला टोल, जल्दागाउँपालिकाको हनिनगरा र मोहनपुरमा गरी २०० घर परिवारलाई राहतवितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्विकृती प्राप्त गरी मोरङका स्थानिय मुस्लिम समाजसँग समन्वय गरी पिडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गरिएको हो ।

राहत संकलनका लागि यस संस्थाले राजधानीको चन्द्रागिरी नगरपालिकामा दश दिने क्याप्यिन संचालन गरेको थियो । “हेल्पिङ् एण्ड वर्किङ् आम्र्स” र मुस्लिम समाजसँगको संयुक्त प्रयासमा त्यहाँ स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो ।

 

flood victim donation

विशेष