News

वडाध्यक्षका आकांक्षी झुन्डिएको अवस्थामा मृत फेला

वडाध्यक्षका आकांक्षी झुन्डिएको अवस्थामा मृत फेला

धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–३ का नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका आकांक्षी ४७ वर्षीय रामएकवाल महतो आफ्नै घरमा मृत फेलापरेका छन् ।

महतो सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेलापरेको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । स्थानीय माओवादी नेता रामकुमार महतोकाअनुसार महतो निर्वाचनको तयारीका लागि शनिबार अबेर रातिसम्म स्थानीय नेतासँगै छलफलमा थिए ।

राति १२ बजे सुत्न घर गएका महतो आइतबार बिहान कोठमा झुन्डिएको अवस्थामा फेलापरेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

dhanusa

विशेष