News

गाई काटेको आरोपमा चारजना पक्राउ

गाई काटेको आरोपमा चारजना पक्राउ

गोरखा । गाई काटेको आरोपमा गण्डकी गाउँपालिका–१ मकैसिङमा चारजना पक्राउ परेका छन् । 

पक्राउ गरिएका चारैजना विरुद्ध गौवध मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

गए राति गाई काटिरहेको अवस्थामा १८ वर्षीय प्रवीण चेपाङ, ६० वर्षीय मनबहादुर चेपाङ, २२ वर्षीय विनोद थापा र २१ वर्षीय अमर प्रजा पक्राउ परेका थिए । उनीहरुविरुद्ध आज जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर गौवधसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 

killed

विशेष