News मुख्य समाचार

यसरी जलाइयो जनताले दिएको २८ सय ८७ मत (फोटोसहित)

यसरी जलाइयो जनताले दिएको २८ सय ८७ मत (फोटोसहित)


साउन १८ । पहिलो चरणअन्तर्गत ३१ वैशाखमा भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत मंगलबार जलाएर नष्ट गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा गणनास्थल कभर्ड हल परिसरमा मंगलाबर साँझ साढे ४ बजे मतपत्र जलाइएको हो । यो वडामा पहिलो चरणको मतदानमा २८ सय ८७ मत खसेको थियो । मतपत्र जलाएको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले लखेटेका थिए ।

मुख्य निर्वाचन अधिकृत न्यौपानेले सुरक्षाकर्मीलाई पत्रकारलाई बाहिर निकाल्न निर्देशन दिएका थिए । पत्रकार महासंघ चितवन शाखाले विज्ञप्ति जारी गरी समाचार संकलनमा रोक लगाउने कार्यको भत्र्सना गरेको छ ।

सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार यस वडामा मतदान हुने भएको छ । निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सर्वदलीय बैठक राखेर पुनः निर्वाचनको मिति तोकेको हो । मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । यस अवधिमा उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका कुनै गतिविधि गर्न पाउनेछैनन् ।

विशेष