विदेश

राजदरबारनजिकै आक्रमण प्रयास, दुई प्रहरी घाइते

राजदरबारनजिकै आक्रमण प्रयास, दुई प्रहरी घाइते

लन्डन । ब्रिटेनको लन्डनस्थित बकिङघम राजदरबारनजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी जवान घाइते भएका प्रहरीले शनिबार जनाएको छ ।

आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामोे एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारी–साधननजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्नेक्रममा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् ।

चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पुर्‍याइएको छ । अधिकारीहरुकाअनुसार अन्दाजी २६ वर्षको व्यक्तिले आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ भइरहेको छ ।

यसैबीच, घटना भएकाबेला राजदरबारभित्र शाही परिवारका कोही पनि नभएको बताइएको छ । घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरको जनाउँदै प्रहरीले केही बताउन अस्वीकार गरेको छ ।

विशेष