News

अझै गएनन् स्थानीय तहमा कर्मचारी

अझै गएनन् स्थानीय तहमा कर्मचारी

काठमाडौं । देश संघीय संरचनामा गएपछि स्थानीय तहमा पठाइएका करिब सात हजार पाँच सय कर्मचारीमध्ये अधिकांश कार्यक्षेत्रमा उपस्थित नभएको पाइएको छ ।

यो संख्या तराईका ११ जिल्लाका स्थानीय तहबाहेकको हो । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनः सैरचना समितिलाई उपलब्ध गराइएको स्थानीय तहमा खटिएका कर्मचारीको विवरणबाट कर्मचारी सम्बन्धित तहमा नपुगेको पाइएको हो ।

समितिले सरकारसँग स्थानीय तहमा खटाइएका कर्मचारीको विरण मागेको थियो । चार महिनाअघि गठित समितिलाई सम्बन्धित मन्त्रालय र जिल्ला कर्मचारी व्यवस्थापन समितिले कर्मचारीको विवरण पठाएका हुन् । तराईका ११ जिल्लामा खटाइएका कर्मचारीको विवरण भने अझै प्राप्त नभएको समितिका एक सदस्यले बताए । समितिले स्थानीय तहमा कर्मचारी अपुग भएकाले काजमा भए पनि व्यवस्था गर्न पहिले नै पत्र पठाइसकेको छ ।

स्थानीय तहमा आवश्यक कर्मचारीको तह र संख्या टुंगो लाग्न बाँकी नै छ । स्थानीय तहमा ४ हजार ६ सय कर्मचारी खटाउने मुख्यसचिवस्तरीय निर्णय भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ सय कर्मचारी खटाउने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले समामान्यले खटाएका कर्मचारी स्थानीय तहमा पुगिसकेको दाबी गरे ।

अन्नपूर्ण

विशेष