News

फेरि अर्को निर्देशन दिने तयारीमा प्रधानमन्त्री देउवा

फेरि अर्को निर्देशन दिने तयारीमा प्रधानमन्त्री देउवा

साउन १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्ने भएका छन् ।

बुधबार बिहान ९ बजे उनी अवलोकनमा जाँदै छन् । उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जानेछन् । ‘अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिनेछन्,’ यातायातमन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले भने ।

चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी

प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गरेका छन् । अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ । अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाले बताए । –नयाँ पत्रिका

विशेष