News

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

लहान । करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका– १२ विष्णुपुरमा आज एक युवकको मृत्यु भएको छ । 

आफ्नै घरमा वाइरिंङ गर्ने क्रममा करेन्ट लागेर १८ वर्षीय अमर यादवको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका अमरलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीले जनाएको छ । 

current

विशेष