विदेश

धार्मिक गुरु रहीमलाई १० वर्षको जेल सजाय

धार्मिक गुरु रहीमलाई १० वर्षको जेल सजाय

एजेन्सी : बलात्कार आरोमा दोषी ठहर गरिएका धर्मिक गुरु गुरमीत राम रहीम सिंहलाई १० वर्षको जेल सजाय सनाइएको छ। विशेष अदालतका न्यायाधीश जगदीप सिंहले उनलाई दश वर्षको जेल सजायको फैसला सुनाएका हुन् ।

उनलाई अब हरियाणाको सुनारिया जेल भित्र १० वर्षको सजाय भोग्‍नुपर्ने बीबीसीले उल्लेख गरेको छ । यसअघि उनलाई २५ अगस्टमा पंचकुलामा सीआइबीले सन् २००२ मा महिलामाथि बलात्कारको आरोप लगाएर दोषी ठहर्‍याएका थियो । उनलाई पक्राउ गरेपछि शुक्रवारदेखि नै हरियाणा तनावग्रस्त बनेको थियो भने त्यहाँ भड्किएको हिंसामा ३८ जनाको मृत्यु भएको थियो ।

रहिमलाइै जेल सजाय सुनाएपछि हरियाणा सरकारको उच्‍चस्तरीय बैठकमा मुख्यमन्त्री मनोहरलाल खट्टरकोसाथ मुख्‍य सचिव तथा डीजीपी समेत सहभागी थिए । यता, रहिमलाई पञ्‍जाबका मुख्‍यमन्त्री अमरिन्दर सिंहले अदालतको फैसलाको स्वागत गरेका छन् । उनले पञ्‍जाब सरकारले कुनै पनि दुर्घटना हुन नदिन सुरक्षा सतर्कता अपनाइएको छ ।

शुक्रबारको घटना रोक्नको लागि हरियाणा सरकारले सिंहलाई राखिएको जेलमै उनको फैसला सुनाउने व्यवस्था मिलाएको थियो । उनलाई रोताक नजिकैको सुनारिया जेल परिसरमा भएको सुनुवाइमा उपस्थित गराइएको थियो ।

यसका साथै हिंसा भड्किन नदिनको लागि उच्च सुरक्षा सतर्कताका साथै सेनालाई तयारी अवस्थामा राखिएको थियो भने प्रहरीलाई सुट अन साइटको अधिकार समेत दिइएको थियो ।

rahim

विशेष