News

आइसक्रिम उद्योगमा सिलबन्दी

आइसक्रिम उद्योगमा सिलबन्दी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल र जिल्ला प्रशासन कार्यालय, भक्तपुर समेतको संयुक्त अनुगमन टोलीले सूर्यविनायक( ३ भक्तपुर स्थित एक आइसक्रिम उत्पादन गर्ने पवित्र लक्ष्मी फूड प्रोडक्टस नामक उद्योग सिलबन्दी गरेको छ ।

पवित्र लक्ष्मी फूड प्रोडक्टसले अत्यन्तै फोहोर, दुर्गन्ध फैलिएको अवस्थामा आइसक्रिम उत्पादन गरिरहेको पाईएपछि सिलबन्दी गरिएको हो । उत्पादनस्थलमा मुसाले माटो थुपारेको पनि पाइएको छ ।

उक्त कारखाना सिलबन्दी गरी खाद्य ऐन बमोजिम विभागले कार्बाही अघि बढाएको छ ।

 

 

विशेष