News

हुण्डी कारोवार गर्नेविरुद्ध मुद्दा

हुण्डी कारोवार गर्नेविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा हुण्डी कारोवार गर्ने सात जनाविरुद्ध रु चार अर्ब १४ करोडको बिगो दावीसहित सोमबार मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभागले आज सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए ।

डेढ वर्षअघि काठमाडौँ प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी रु १२ लाख विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डीसहित कम्पनीबाट कामदार पुन र नेपाललाई पक्राउ गरिएको थियो ।

सो ट्राभल्सका मालिक मिलन र धरमले विदेशमा बसेर हुण्डी कारोवार गर्ने गरेका थिए । अहिले पनि उनीहरु फरार छन् । प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र र विद्यादेवीका नाममा काटिएको रु ५० लाखको चेकसमेत जफत गरेको थियो । विभागले ट्राभल्सको तथ्यांक राख्ने कम्प्युटर जफत गरेर अध्ययन गर्दा साढे चार महिनाको तथ्यांकमा रु चार करोडको हुण्डी रकम देखिएको थियो ।

विशेष