News

नयाँ नेतृत्वका लागि क्रान्तिकारीमा मनोनयन

नयाँ नेतृत्वका लागि क्रान्तिकारीमा मनोनयन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराउनु भएको छ । मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ ।

मल्लका अनुसार ३३ पदाधिकारीसहित २४३ पदका लागि करिब ३०० ले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुनेछ । क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो ।

आइतबार सकाउने भनिएको सम्मेलन सहमति गर्दा लम्बिएको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए । उनका अनुसार सम्मेलन लम्बिँदा आज रु १० लाख थप खर्च भएको छ । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।

विशेष