News

शेष घलेलाई नेपालमै शेष पार्न गरिमा राणाको परिवार अदालतमा

शेष घलेलाई नेपालमै शेष पार्न गरिमा राणाको परिवार अदालतमा

साउन १८ । एउटा राणा खानदान जसको सिंगो परिवारमाथि लगभग २ सय थान मुद्दा छ । त्यही परिवार फेरि एउटा मुद्दा थप्दै अदालत पुगेको छ । जिल्ला अदालत काठमाडौंमा अस्ट्रेलियाकै धनाढ्य मध्येका एनआरएन अध्यक्ष शेष घलेविरुद्ध मुद्दा हाल्दै उनीहरु कानुनी लडाईँमा उत्रको श्रेस्तेदारले बताए । स्रोतका अनुशार लोकभक्त राणा सपरिवार शेष घलेको दरबारमार्गमा निर्माणाधीन पाँचतारे होटल परियोजनालाई सखाप पार्ने उद्देश्यसहित न्यायलय पुगेका हुन् । यसरी घलेको निद्रा बिगार्दै अदालत पुग्नेहरुमा लोकभक्तसहित उनकी मेधावी छोरी, ०५१ सालकी एसएलसी टपर अधिवक्ता गरिमा राणा, अर्की छोराी ओजश्वी र श्रीमती कविता छन् ।

नारायणहिटी दरबारको अगाडिपट्टि समाजकल्याण परिषद्को छेउमै अग्लो टावर बन्दैछ । यो मुद्दा त्यही होटल बनेको जग्गासँग सम्बन्धित छ । ०६५ साल वैशाख २२ गते एमआइटी ग्रुप होल्डिङको नाममा घलेले ६५१६–२० वर्गमिटर क्षेत्रफल बराबर हुने गरी १२ रोपनी १२ आना जग्गा किनेका थिए । उनले जग्गा एकीकृत गर्ने क्रममा खरिद गरेका २४४४, २४४६ र २४६१ लगायत कित्ता नम्बरहरुलाई २४६३ कित्ता नम्बर हुने गरी एउटै बनाए ।

अहिले कित्ता नम्बर २५६३ को कुल क्षेत्रफल ६७३१ वर्गमिटर अर्थात उनले राणा परिवारबाट खरिद गरेभन्दा २१५ वर्गमिटर र ६ आना ३ पैसा जग्गा बढी रहेको छ । ०७० साल कात्तिक २८ गते नै घलेले एकीकृत गरी दर्ता गरेको सो जग्गामा आपूले बेचेभन्दा बढी देखिएको जमिनको मूल्यबापत ६ करोड रुपैयाँ पाउनु पर्ने वा जग्गा नै फिर्ता हुनु पर्ने राणा परिवारको माग छ ।
–जनआस्था साप्ताहिकबाट

विशेष