News मुख्य समाचार

प्रधानमन्त्री देउवाको प्रष्टोक्तीः कुनै खोट लाग्ने काम गरेकै छैन्

प्रधानमन्त्री देउवाको प्रष्टोक्तीः कुनै खोट लाग्ने काम गरेकै छैन्

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।


नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा आइतबार बेलुकी स्वदेश फर्किका हुन् । प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण समग्रमा सफल भएको जिकिर गरेका छन् ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण मुलुकका लागि निकै फलदायी भएको बताए । स्वदेश फर्कनुअगाडि प्रधानमन्त्री देउवाले आइतबार बिहार राज्यमा रहेको बोधगयामा पुगी विशेष पूजा तथा अवलोकन गरेका थिए ।

बोधगयामा प्रधानमन्त्रीले एक घन्टाभन्दा बढी समय बिताउँदै त्यसबारेमा जानकारी लिएका थिए । बोधगया मन्दिर र धार्मिकस्थलको अवलोकनपछि प्रधानमन्त्री देउवाले बुद्धको लोकप्रियता संसारभरि नै बढ्दै गएको बताए । यसअघि, शनिबार देउवाले भारतको आन्धप्रदेशमा रहेको तिरुपति मन्दिरको दर्शन गरेका थिए ।

शनिबारै प्रधानमन्त्री देउवाले बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग भेट गरी भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा परेकोबारेमा कुरा गरेका थिए । पाँचदिने भ्रमणकाक्रममा प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका नेताहरुसँग द्विपक्षीय हितकाबारेमा छलफल गरेका थिए ।

दुई मुलुकबीच भएको ८ बुँदे सहमति र ४६ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।

विशेष