रहेनन् पूर्वसांसद सिंह
काठमाडाै । नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ बर्षको उमेरमा निधन भएको छ ।
मिर्गौलामा समस्या देखिएपछि उहांलाई दुई हप्ताअघि आज काठमाडौं मेडिकल कलेज, सिनामंगलमा भर्ना गरिएको थियो । विसं १९९७ मंसिर १ गते प्यूठानको लुङमा जन्मीएका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्य थिए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म संगै बसेका नेता सिंह विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सरिक थिए ।
उनकाका तीन छोरा र दुई छोरी छन् । छोरा अजय सिंहका अनुसार नेता सिंहको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय, धुमबाराहीमा राखिनेछ र अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।