News

विराटनगर विमानस्थलको रात्रि उडान अनिश्चितकालिन बन्द

विराटनगर विमानस्थलको रात्रि उडान अनिश्चितकालिन बन्द


विराटनगर । विराटनगर विमानस्थलमा रात्रि उडान सञ्चालन अनिश्चित बनेको छ ।

बाढीका कारण धावनमार्गमा जडान गरिएका बिजुली बिग्रेकाले संँझ परेपछि उडान गर्न नसकिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । दुई साताअघि भलबाढी पसेर एक सातासम्म अवरुद्ध भएको विमानस्थलमा अहिले बिहान ९ देखि ५ बजेसम्म मात्र उडान भइरहेको छ ।

धावनमार्ग आसपासको बिजुली र त्यहाँसम्म र्पुयाइएको वाइरिङ मर्मतपछि मात्र रात्रि उडान सञ्चालन हुने जनाइएको छ । हाल दैनिक १४ उडान भइरहेका छन् । रात्रि समयमा हुने ५ वटा उडान भने सञ्चालन हुन सकेका छैनन् ।

विशेष