विदेश

उत्तर कोरियाली शासक किम जोङ बने तेस्रो सन्तानका बाबु

उत्तर कोरियाली शासक किम जोङ बने तेस्रो सन्तानका बाबु

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनको तेस्रो सन्तान जन्मिएको दक्षिण कोरियाली गुप्तचर संस्थाले जनाएको छ । उत्तर कोरियाली प्रथम महिला रि सोल जु लामो समय सार्वजनिक स्थानमा नदेखिएपछि उनी गर्भवती भएको आशंका गरिँदै आएको थियो ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले त्यहाँका सांसदहरुलाई यसबार ब्रिफिङ गरेको कुरा योन्हाप समाचार संस्थाले जनाएको छ ।उत्तर कोरियाले जापानी आकाश माथिबाट समुद्रमा क्षेप्यास्त्र प्रहार गरेसँगै किमको तेस्रो सन्तान जन्मिएको समाचार प्रकाशित भएको हो ।

दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम जोङ उनले सन् २००९ मा रि सोल जुसँग विवाह गरेका थिए । त्यसको अर्को वर्ष उनीहरुको पहिलो सन्तान जन्मेको बताइएको थियो । किमको दोस्रो सन्तान २०१३ जन्मेको बताइएको छ ।

विशेष