अख्तियार लगाएर कुलमान हटाउने तयारी, हटाउन खोज्नेमा माओवादीका ऊर्जामन्त्री
काठमाडौं । दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन ऊर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेका छन् । गत वर्षको भदौ २९ गते चार वर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वैसाखी टेकेर हताउन लागिएको हो ।
लोडसेडिङ सधैका लागि अन्त्य गरी उज्यालो नपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानविन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ । घिसिङ, राजीव शर्मा, प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोतको भनाइ छ ।
प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिवारिक सम्पत्ति विवरण भर्न तल्लीन छन् । घिसिङलाई हटाउने अन्य उपाय नभएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियार गुहारेका हुन् ।
–नागरिक दैनिकबाट