विदेश

उत्तर कोरियाले गर्यो जापानको जमिन माथि मिसाइल परीक्षण, त्यसको नियती भोग्नु पर्ने जापानको जवाफ

उत्तर कोरियाले गर्यो जापानको जमिन माथि मिसाइल परीक्षण, त्यसको नियती भोग्नु पर्ने जापानको जवाफ


काठमाडौं । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ ।

यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो ।

सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको जनाइएको छ । उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरिसकेको छ ।

तर जापानको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको भने पहिलो पटक भएको जनाइएको छ । गत शुक्रबार र शनिबार पनि उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो ।

जापानकै भूक्षेत्र माथिबाट मिसाइल परीक्षण गरिएपछि भने तनाव बढ्ने संकेत देखिएको छ । उत्तर कोरियालाई जापानले आवश्यक जवाफ दिने जापानको मन्त्रिपरिषदका सचिवले बताएका छन् ।

विशेष