News

तेश्रो पटक सारियो परीक्षा मिति

तेश्रो पटक सारियो परीक्षा मिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह ४।३ वर्षेको प्रथम वर्षको परीक्षा तेश्रो पटक सारेको छ । भदौ महिनाको आउदो मिति १७ गते हुने परीक्षा भदौको मिति ३१ गतेलाई सारिएको मंगलबारको गोरखापत्रमा प्रकाशित भएको छ ।

भदौ महिनाको गत हप्ता ४ गतेबाट सुरु हुनेगरि तोकिएको परीक्षा मिति गोरखापत्रबाट प्रकाशित गरिएको थियो । तर प्राकृतिक प्रकोप बाढीपहिरो गएको कारणले परीक्षाको समय अगाडि सारेर भदौको ११ गते बाट सुरु भइ २९ गतेसम्म हुने गरि प्रकाशित भएको थियो ।

तर यताभने मुस्लिम समुदायको दोश्रो महान चाड ९बकरइदरईदुल अजाह० १७, १८ र १९ गते परीक्षा कै समयमा पर्न गयो । त्रिभुवन विश्वविद्यालयले उक्त मिति मै परीक्षा राखिदिएकोले सम्पूर्ण मुस्लिम समुदायका परीक्षार्थीहरु अन्योलमा परेका थिए । मुस्लिम समुदायका अगुवाहरु तथा केहि विद्यार्थीको छलफलले सो दिनको परीक्षा मिति सार्न भनि सोमबार उपप्रधान एंव शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाए ।

त्यस लगतै ती विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गइ उपकुलपतिलाई पनि ज्ञापन पत्र बुझाए । परीक्षा नियन्त्रण कार्यालयका उपकुलपतिले आउदो चुनावले गर्दा तीन दिन कै परीक्षा सार्न सम्भब नदेखिएको बताए । अरु दिनको नसारेपनि १७ गतेमा पर्ने परीक्षालाई ३१ गते मिलाइदिने र त्यस दिन सार्ने बताए ।

त्रिविले लगातार चार वर्ष देखि मुस्लिम समुदायको चाड कै दिन परीक्षा पार्ने गरेकोले केहि मुस्लिम अगुवा तथा विद्यार्थीहरुले आक्रोश पनि जनाएका थिए । यस्तो भविष्यमा फेरी पनि नदोहोरियोस् भनेर यस विषममा छलफल गर्न मंगलबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन पनि गरेका थिए ।

सो कार्यक्रममा मुस्लिम विद्यार्थी संघर्ष समितिले हाम्रो आवाज त्रिविले सुनिदिएकोमा धन्यवाद दिए । संयोजक रहिम मुल्ला मियाँले त्रिविले परिक्षा सारेर आफ्नो समुदायको हितमा काम गरेको बताउदै आगामी दिनमा यस्तो गल्ति नदेहोर्याउन आग्रह गरे । निर्वाचन आयोगले रमजानको समयमा दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेपछि चौतर्फि बिरोध भएको थियो ।

राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धनका प्रवक्ता मुहम्मद शहिद अलीले त्रिविले परिक्षाको मिति सारेकोमा धन्यवाद दिदै भने, संविधानमा धर्मनिरपेक्षता राष्ट्र लेखिएता पनि राम्ररी कार्यमा नआएको कुरा बताए । यस्तो घरि घरि नदोहोरियोस् भनेर यस वियषको लागि स्थायी समाधान खोज्नु पर्ने भने ।

त्यसैगरि ईस्लामि संघका महासवि अबुल कलाम मियाँले नेपाली मुस्लिम समुदाय लोकतन्त्रको अनुभूती गर्न नपाएको गुनासो गरे । उनले राज्यले मुस्लिम समुदायका चाँडपर्वहरुलाई अध्ययन गरेर सरकारी काम काजहरु गर्नको लागि पनि आग्रह गरे । आगामी दिनहरुमा मुस्लिम समुदायहरुका बुद्धिजिविहरु तथा घण्टाघरस्थित जमा मस्जिदमा सम्पर्क गरि सोधपुछ गरि कार्य अगाडि बढाउनु पर्ने कुरामा जोड दिए ।

विशेष