डोलिन्द्रलाई हटाउन मन्त्री नै डराए
काठमाडौं । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले अनियमिताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेका छन् ।
मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकालको नेतृत्वमा गठित छानविन समितिले एक साताअघि अध्यक्ष शर्मा र सञ्चालक समितिलाई हटाउनु पर्ने सिफारिससहितको प्रतिवेदन मन्त्री श्रेष्ठलाई बुझाएको थियो । प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीले नै आलटाल गरिरहेको मन्त्रालय स्रोतले जनायो ।
नागरिक दैनिकबाट