News

दाजू वीरेन्द्र र भाई धीरेन्द्रलाई पीण्ड दिन पूर्वराजा ज्ञानेन्द्र नेपाल आउँदै

दाजू वीरेन्द्र र भाई धीरेन्द्रलाई पीण्ड दिन पूर्वराजा ज्ञानेन्द्र नेपाल आउँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सोह्रश्राद्धको तिथिअगावै १६ गते शुक्रबार बैंककबाट फर्किदै छन् । अब तिहारसम्म कतै नजान गरी आउन लागेका उनले एकहप्तापछि शुरु हुने सोेह्रश्राद्ध अन्तर्गत तीनजनाको पिण्डदान गर्नुपर्नेछ ।

स्रोतका अनुशार आमा रत्नराज्य बस्दै आएको नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा बाबु महेन्द्र, दाजू बीरेन्द्र, भाई धीरेन्द्रको पिण्ड तीन फरक फरक तिथीमा गर्नुपर्ने छ । यो क्रम ०५९ सालदेखि शुरु भएको हो । शाही परम्पराअनुशार राजको रुपमा गद्दीसिन रहेको बेला यस्ता धार्किक औपचाकिरता पूरा गरिरहनु पर्दैन थियो ।

तर, राजकाज नचालाएको बेला भने पितृहरुको नाममा बर्सेनि श्राद्ध गर्न, तर्पण दिनेजस्ता काम गर्न मिल्छ । उनी राजा रहुञ्जेल यी तीनै श्राद्ध डिल्लीबजारस्थित वडागुरुज्यूको घरमै सम्मन्न हुने गरेको थियो । तर्पण दिने काम शाही नातेदारको उपस्थितिमा वडागरुज्यूले गर्थे । अहिले पनि डिल्लीबजारका पाण्डेहरु पूर्वराजपरिवारका वडागूरुज्यूको उपाधिमै छन् । तर, स्वयं ज्ञानेन्द्रमाथि सरकारी लगानी नरहेको बेला ती गुरुज्यू खलकले सरकारी कोषबाट पाउँदै आएको भत्ता पाउने कुरै भएन ।
जनआस्था साप्ताहिकबाट

विशेष