बार्सिलोनाका मुस्लिम नागरिक बिस्तारै बाहिर निस्किन थाले
बार्सिलोना । स्पेनको बार्सिलोना सहरमा गएको करिब १० दिनअघि भएको आतङ्ककारी हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएपछि यहाँका मुस्लिम नागरिकमा ठूलो त्रास छाएको थियो ।
त्यहाँ भएको सो हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको थियो । त्यस्तै अरु १०० जना भन्दाबढी नराम्ररी घाइते भए । सो हमलाका कारण यहाँ बसोबास गर्दै आएका मुस्लिम नागरिकलाई निकै अप्ठेरो परेको बताइएको थियो ।
इस्लामिक स्टेटले सो भीषण हमलाको जिम्मा लिएपछि सो सहरमा बस्ने मुस्लिम समुदायका नागरिकमाथि नै निगरानी बढेको र यसले गर्दा उनीहरुले आपूmलाई असुरक्षित महसुश गरेको समाचारमा जनाइएको थियो ।
उनीहरुले आफूहरुलाई प्रहरीले निगरानी गर्ने गरेको तथा यस समुदायका नागरिकमाथि हमला हुनसक्ने त्रास समेत बढेको बताएका थिए । बार्सिलोना सहरमा सानो संख्यामा मुस्लिम समुदायका नागरिक बस्छन् ।
गएको करिब नौ वर्षदेखि बार्सिलोनमा बस्दै आएका ती नागरिकहरुले यहाँ बसोबास गर्दै आएका मुस्लिम समुदायका नागरिक निकै डराएका र उनीहरु घरबाहिर पनि निस्किन नसकिरहेको बताएका थिए ।
बार्सिलोना सहरको एक बस्तीमा ४० जना मुस्लिम बस्दै आएका छन् । उनीहरु ४० को संख्यामा रहेका छन् । तर सो हमलापछि उनीहरु केही समय त शुक्रबारको प्रार्थनाका लागि मस्जिद जान पनि डराएका थिए ।
प्रहरी तथा स्थानीय स्पेनिसले पनि मुस्लिम अनुहार देखेपछि बाटो हिंडीरहेका शर्वसाधारण नागरिकदेखि प्रहरीसम्मले निकै निगरानी गर्ने र आशङ्काका रुपमा हेर्ने भएकोले उनीहरुमा त्रास छाएको यहाँका स्थानीय मुस्लिम समुदायका नागरिकको भनाइ थियो ।
तर पछिल्ला केही दिनयता आएर भने उनीहरु विस्तारै घर बाहिर निस्किने र सार्वजनिक सभा समारोहहरुमा भाग लिने पनि गर्न लागेको पाइएको स्थानीय समाचारहरुमा उल्लेख गरिएको छ ।
इस्लामिक स्टेटले गएका केही वर्षयतादेखि युरोपेली देशमा आक्रमण गर्दै आएको छ । यसरी गरिएका आक्रमणबाट नागरिकको ज्यान जाने क्रम बढ्दो मात्रामा रहेको बताइएको छ ।
सन् २०१४ मा उक्त आतंककारी समूहले गरेको आक्रमणमा परी ४८ जनाको ज्यान गएको थियो भने यो संख्या २०१५ सम्ममा निकै बढेको छ ।
युरोपमा कार्यालय रहेको एक संस्थाको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा युरोपका विभिन्न देशमा भएका यस्ता आतंककारी हमलामा परी ज्यान जानेको संख्या ५३४ रहेको छ ।
islamic state muslim