विदेश

बङ्गलादेशमा डुंगा डुब्दा बीसको मृत्यु

बङ्गलादेशमा डुंगा डुब्दा बीसको मृत्यु

ढाका । बङ्गलादेशमा बुधबार भएको डुंगा दुर्घटनामा परी २० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्यानमारबाट बङ्गलादेश आएका रोहिङ्गा समुदायका नागरिक रहेका छन् । 

दक्षिणी बङ्गलादेशको म्यानमारसँगको सिमानामा सो दुर्घटना भएको बताइएको छ । सो जानकारी बङ्गलादेशका एकजना वरिष्ठ प्रहरी अधिकारीले दिएका छन् । उनका अनुसार बङ्गलादेशको कग्स बजार क्षेत्रबाट २९२ किलोमीटर पश्चिम क्षेत्रमा पर्ने नाफ नदिमा डुंगा डुबेको थियो । त्यसमा परी बुधबार नै छ जनाको निधन भएको थियो ।

तर बिहीबारमात्र १४ जनाको शव भेटिएको छ । 

बिहीबार बिहान थप १४ जनाको शव भेटिएको छ– ती अधिकारीले जनाएका छन् । उनले अरु पनि केही व्यक्ति हराइरहेका जानकारी दिँदै उनीहरुको खोजी जारी रहेको बताएका छन् । 

बङ्गलादेश र म्यानमारलाई विभाजित गर्ने नाफ नदीमा सो डुंगा डुबेको हो । म्यानमारबाट यतातर्फ आइरहेको डुंगा उक्त क्षेत्रमा डुबेको बताइएको छ । त्यस डुंगामा के कति व्यक्ति सवार थिए भन्ने बारेमा भने केही बताइएको छैन । तर अरु कैयौँ व्यक्ति डुबेको आशङ्कमा खोजी भने जारी राखिएको ती प्रहरी अधिकारीले जनाएका छन् ।

bangladesh boat

विशेष