कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।
जसमा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।
त्यसै गरी आंशिकतर्फ एक लाख २३ हजार १२१ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् ।
परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले गत साउन २० गते कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशन गरेको थियो ।