विदेश

तालअफार क्षेत्र आइएस नियन्त्रणबाट मुक्त भएको घोषणा

तालअफार क्षेत्र आइएस नियन्त्रणबाट मुक्त भएको घोषणा

बगदाद (इराक) । इश्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको इराकी शहर ताल अफार तथा वरपरको क्षेत्रलाई आइएसको कब्जाबाट पूर्णतया नियन्त्रणमा लिइएको इराकले बिहीबार जनाएको छ । 

प्रधानमन्त्री हाइदर अल आबादीले तालअफार शहर र वरपरका क्षेत्रलाई आइएसको कब्जाबाट पूर्णतया नियन्त्रणमा लिई यस अघि स्वतन्त्र भएको मोसुलसँग जोड्न सफल भएकोमा सुरक्षाकर्मीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री आवादीले भने, “म सवैसँग यो घोषणा गर्न चाहन्छु कि विद्रोहीको नियन्त्रणमा रहेको तालअफार मोसुलसँग जोडिएको छ र अव उक्त क्षेत्र मातृभूमिमा फिर्ता भएको छ । इरानी सेना, संघीय प्रहरी, आतकवाद विरोधि सेवा, लगायत सवैको उच्च प्रशंसा गर्दछु ।”

आवादीले भने, “शत्रुको कब्जाबाट तालअफारलाई नियन्त्रणमा लिन सफल भएको छ । उक्त कार्यका लागि सवै सहकर्मीको योगदानप्रति आभार प्रकट गर्दछु ।” 

प्रधानमन्त्री आवादीले आइएसलाई सम्पूर्ण इराकबाट पराजित गर्ने बाचा गर्दै जहाँ जहाँ आइएस लडाकू छन् मुक्त गर्न सरकार आउँदै छ । उनीहरू कित मर्नु पर्छ कि आत्मसमर्पण गर्नुपर्छ, आबादीले बिहीबार जारी गरेको वक्तव्यमा भनिएको छ । 

islamic state

विशेष